Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मेलम्ची खानेपानी आयोजनाः गिट्टी र बालुवा आपूर्तिकर्ताले भुक्तानी पाउने


1.4K
Shares

मेलम्ची खानेपानी आयोजनाः गिट्टी र बालुवा आपूर्तिकर्ताले भुक्तानी पाउने

काठमाण्डौ । पुरानो ठेकेदार कम्पनी इटालीको सीएमसीबाट भुक्तानी पाउन बाँकी गिट्टी र बालुवा आपूर्तिकर्ताहरुले मेलम्ची खानेपानी आयोजना कार्यालयबाट भुक्तानी पाउने भएका छन् ।

उनीहरुले कुल करीब डेढ करोड रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।

सीएमसीलाई आपूर्ति गएिको सामान र त्यसका लागि आपूर्तिकर्ताले प्राप्त गर्न बाँकी रहेको रकमका सम्बन्धमा अध्ययन गर्न एक प्राविधिक समिति गठन गरिएको थियो ।

समितिको सिफारिशका आधारमा उक्त रकम भुक्तानी गर्ने आयोजनाको बोर्ड बैठकले निर्णय गरेको कार्यालयले जानकारी दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा दुर्गा लामिछानेले लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology