काठमाण्डौ १७, पुस ।
सशस्त्र प्रहरीको एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २–१ ले पराजित गरेको हो ।
यस जितसँगै एपीएफ चार खेलमा एक जित, एक बराबर र दुइ हारसँगै चार अंक जोड्दै ११ औं स्थानमा उक्लेको छ । अंकविहिन सरस्वती भने पुछारमा रहेको छ ।