Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हेलिकप्टर दुर्घटनामा प्रधान सेनापतिसहित आठको मृत्यु


3.1K
Shares

हेलिकप्टर दुर्घटनामा प्रधान सेनापतिसहित आठको मृत्यु

एजेन्सी १७, पुस । ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ । वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर आज बिहान उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।

 

प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकलाई भेट्न हेलिकप्टरमा जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । हेलिकप्टरमा सवार पाचँलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङ र अन्य सात जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

 

मृतकमध्ये दुई मेजर जनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology