Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काश्मीरमा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापामगरको मृत्यु


6.8K
Shares

काश्मीरमा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापामगरको मृत्यु

गोरखा १७, पुस ।  भारत र पाकिस्तानबीच गोली हानाहान हुँद एक भातरीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरको मृत्यु भएको छ । जम्मु कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा पर्ने जम्मु कश्मीर राजौरी जिल्लाको नौसहरमा बुधबार आतंकवादी र भारतीय सुरक्षाकर्मी बीच मुठभेड भएको थियो ।

मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका ५ ठूलोरिपका २६ वर्षीय थापा मगर रहेको बताइएको छ । थापा पाँच वर्षअघि भारतीय सेनामा भर्ती हुनुभएको थियो । भारतीय सेनाले थापामगरको परिवारलाई बुधबार अर्जुनको मृत्युको खबर पठाएका थिए ।

२ वर्षअघि आमा गुमाउनु भएका उहाँ ६ महिना अगाडी मात्र विवाह बन्धनमा बाँधिनु भएको थियो । भारीतय सेनाका अनुसार नयाँ वर्षको दिन नौशोरा क्षेत्रका दुई सेनाले सर्च अप्रेसनका क्रममा आतंकवादीले हमला गर्दा भारतीय सेनामा कार्यरत दुई सेनाको मृत्यु भएको हो ।

उक्त अपरेसनलाई आतंककारीको आन्दोलन सम्बन्धी सूचनाका आधारमा सुरु गरिएको थियो । गत वर्ष जम्मु कश्मीरमा १६० आतंकवादी मारिए भने १०२ जनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology