Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुढिगण्डकी आयोजना निर्माण राष्ट्रिय एजेण्डा हो : सांसद अधिकारी


5.5K
Shares

बुढिगण्डकी आयोजना निर्माण राष्ट्रिय एजेण्डा हो : सांसद अधिकारी

गोरखा १७, पुस । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले गोरखा र धादिङको सिमानामा निर्माण हुन लागेको बुढिगण्डकी जलबिद्युत आयोजना निर्माण राष्ट्रिय एजेण्डा भएको बताउनु भएको छ । जिल्लाको आरुघाट गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद अधिकारीले सरकारले बुढिगण्डकी जलबिद्युत आयोजना निर्माणका लागि संकल्प गरेको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना कुनै दल विषेशको नभएको उहाँको भनाई छ ।

‘सबैको सहयोग, साथ र संकल्पबाट बुढिगण्डकी जलबिद्युत आयोजना निर्माण हुन्छ र गर्नुपर्छ, सांसद अधिकारीले भन्नुभयो, ‘राष्ट्रिय गौरव भन्ने तर राज्यका लागि कुनै पनि कुरामा सहयोग गर्न अघि नसर्ने काम कसैले पनि गर्नुहुदैन ।’ उहाँले राष्ट्रको आर्थिक उन्नती र सम्बृद्धिमा आमूल परिवर्तन गर्ने खालका आयोजना निर्माण हुन लाग्दा सरकार, नागरिक लगायत सवै पक्षले केही न केही त्याग गर्न सक्नुपर्नेमा जोडदिनुभयो । ‘यो आयोजना निर्माण अघि बढ्नु भनेको जनता र देशको हितको काम हुनु पनि हो, सांसद अधिकारीले भन्नुभयो, ‘अब सानोतिनो कुरामा अल्झेर आयोजना निर्माणमा ढिलासुस्ती हुन दिनुहुदैन ।’

सांसद अधिकारीले नमिलेका कुराहरुलाई बिस्तारै मिलाउदै लैजाने र आयोजना निर्माणको काम पनि गर्दै जानुपर्ने बताउनुभयो । अर्को फरक प्रंसगमा सांसद अधिकारीले पुर्खाले लडेर जोगाएको नेपालको जमिन कसैलाई एकइन्च पनि दिन हुँदैन भन्ने कुरामा बर्तमान सरकार दृढ रहेको बताउनुभयो । उहाँले यसका लागि सरकारले कुटनीतिक तहबाट काम गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद अधिकारीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था आएपछि सबै जातजाति, भाषाभाषिहरुले खुलेर आफ्नो संस्कृति मनाउने गरेको बताउनुभयो उहाँले विकासको मूल आधार बाटो र यातायात भएको बताउँदै गोरखाको विकासका लागि नेपाली सेनाको सहयोग अतुलनिय रहेको उल्लेख गर्नुभयो ।

खानेपानी, विजुली जस्ता अत्यावश्यक सेवाहरु स्थानीय तहबाट समाधान भईरहेको र शिक्षालाई जीवनपयोगि र प्राविधिक धारको बनाउन सबै पक्ष लाग्नुपर्ने सांसद अधिकारीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology