Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुन्दै अचम्म अलिबाबाको कारोबार : ६८ सेकेन्डमै १ अर्ब डलर


14.4K
Shares

सुन्दै अचम्म अलिबाबाको कारोबार : ६८ सेकेन्डमै १ अर्ब डलर

एएफपी/शाङहाई : चिनियाँ उपभोक्ताले सोमबार ६८ सेकेन्डमै १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४ घण्टे सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेकी थिइन्।

चीनमा पछिल्ला वर्षहरूमा ‘वर्षमा एक दिन’ नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ र यो दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन्।

ई–कमर्श कम्पनी अलिबाबाका अनुसार ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ। अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायसी सामान बिक्री भएका थिए।

अलिबाबाले गत वर्षको तुलनामा यो वर्ष ४३ मिनेटअघि नै अलि–पेमार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुंग्याएको जनाएको छ। अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड बनेको छ।

अलिबाबाले चीनमा यस किसिमको ‘खरिद दिन’ आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यो कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ।

चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार यु’द्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ। एकदिने खरिद अर्थात् ‘नोभेम्बर ११’ भनिने यस दिनलाई चिनियाँ ‘अविवाहित’को दिन पनि भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology