Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

उधारो खाएको बिषयलाई लिएर झगडामा हुदा एक युवकको मृत्यु


3K
Shares

उधारो खाएको बिषयलाई लिएर झगडामा हुदा एक युवकको मृत्यु

पर्सा २८, मङ्सिर । पसमा उधारो खाजा खाएको पैसाको बिषयलाई लिएर भएको झगडामा परि पर्सामा एक युवकको मृत्यु भएको छ। पसलेसँग भएको भगडामा परि पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ का २४ बर्षीय उमेश ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पटेर्वा सुगौली गाउँपालिका १ रँगपुर टाडी स्थित रहेको ३० वर्षीय आन्नद दास थारुको खाजा पसलमा उधारोको बिषयलाई लिएर मृतक ठाकुर र दासबीच झगडा भएको थियो। गत मँसिर २४ गते भएको झगडाको क्रममा मृतक ठाकुरलाई चोट लागेपछि वीरगञ्जमा उपचारको लागि भर्ना गरिएको थियो।

उपचारकै क्रममा शनिबार बिहान ३ दिनपछि ठाकुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ। घटनामा संलग्न आरोपी थारुलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology