Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित : अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प


6.5K
Shares

गोरखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित : अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

गोरखा २१, मङ्सिर । गोरखा अस्पतालमा कार्यरत चिकित्सक माथि कुटपिट र दुव्र्यवहारको बिरोधमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरुले आकस्मिक बाहेकका सवै सेवा ठप्प पारेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुले दोषी माथि कारवाहीको माग गर्दैै आज बिहान १० बजेदेखि अनिश्चितकालका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

शनिबार अस्पतालमा सुत्केरी गराएकी एक महिलाका कुरुवाले स्वास्थ्य सेवा प्रवाहको बिषयलाई लिएर भएको सामान्य बिबादका क्रममा अस्पतालका चिकित्सक डा. गणेश श्रेष्ठ माथि हातपात गरेको अस्पताल बिकास समिति कर्मचारी युनियन इकाई कार्य समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि भएको हातपात तथा दुव्र्यवहार गर्र्ने व्यक्तिलाई कानुनी कारवाही नभएसम्मका लागि आकस्मिक बाहेका काममा नर्फने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

‘कोरोना महामारीको जोखिमका बाबजुत पनि अस्पतालको कार्यस्थलमा आफ्नो स्वास्थ्यको प्रवाह नगरि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको यस घटनाले हामी अस्पतालका सवै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको काम गर्ने मनोबल गिरेको छ, उहाँले भन्नुभयो,‘ अस्पतालको कार्यस्थलमै आफुहरु माथि हातपात र दुव्र्यहार हुनुले स्वास्थ्यकर्मीहरुको सुरक्षाको चुनौती थपिएको छ ।’ घटनामा संलग्नलाई कानुनको दायरमा ल्याएर दोषी उपर अविलम्ब कारबाही गर्नपनि स्वास्थ्यकर्मीहरुले जिल्ला प्रसासन कार्यालयसंग माग गरेका छन् ।

घटनामा संलग्नहरु दोषीहरुलाई अस्पताल प्रशासन, व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयले कारवाही गर्नुपर्ने चिकित्सकहरुको माग छ । शनिबार विहान अस्पतालमा सुत्केरी महिलाको सेवा प्रवाहको विषयलाई लिएर उनका आफन्त र चिकित्सक बिच विवाद भएको थियो । सोहि व्रmममा विवाद हुदाँ चिकित्सक माथि हातपात भएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसैबिच घटनाको सत्यतथ्य पत्ता लगाउन अस्पताल व्यवस्थापन समितिले आज ५ सदस्सीय छानविन समिति गठन गरेको व्यवस्थापन समितिका सदस्य गोर्बद्धन श्रेष्ठले जानकारी दिनुभयो ।

समितिले व्यवस्थापन समितिका सदस्य भाइचन्द्र श्रेष्ठको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रतिनिधि, पत्रकार महासंघ जिल्ला शाखा प्रतिनिधि, नेपाल वार एसोसिएसन र मानव अधिकार सञ्चालका अध्यक्ष लगायतका सदस्य रहने गरि समिति गठन गरिएको उहाँले बताउनुभयो । गठित समितिले एक हप्ता भित्र घटनाको छानविन गरी प्रतिबेदन बुझाउने उहाँको भनाई छ । घटनाको छानविन सुरु भइसकेकोले आन्दोलित स्वास्थ्यकर्मीहरुलाई नियमित काममा फर्कन आग्रह गरिएको समेत श्रेष्ठले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology