Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

मलेखुबाट अबैध गाँजा सहित २ जना पक्राउ


2.4K
Shares

मलेखुबाट अबैध गाँजा सहित २ जना पक्राउ

धदिङ, २० मंसिर । धादिङको गजुरी गाउँपालिका २ स्थित मलेखु बजारबाट प्रहरीले २ केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ। बिहिबार चेकजाँचको क्रममा मलेखु बजारबाट प्रहरीले २ केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धादिङ सिद्धलेक गाउँपालिकाका सुदिप विक, गाडी चालक त्रिपुरा सुन्दरीका ४० वर्षिय गुभाजु र दाङ लमहीका सह चालक २१ वर्षिया गाहा मगर रहेको  प्रहरीले जानकारी दिएको छ।

उनीहरुले काठमाडौंबाट पोखरा जाँदै गरेको बा ३ ख २३९४ नम्बरको हाइसको पछाडिको सिटमुनी कार्टुनमा ¥यापिङ पेपरले बेरिएर लुकाइ छिपाइ गाँजा ल्याइरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology