गुल्मी १३, मङ्सिर । गुल्मीको हाडहाडेमा ढुङ्गाले लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडे स्थित नादी मस्यारा झुल्केपोखरी मोटरबाटो माथिबाट खसेको ढुङ्गाले लागेर स्थानीय ३६ बर्षीया श्यामकुमारी मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएको बेला माथि ढोजरले मोटरबाटो खन्दा खसेर भिरमा अड्किएको ढुङ्गा खसेर उहाँलाई लागेको थियो । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीको भनाई छ ।