गुल्मी १२, मङ्सिर । गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।आज बिहान इस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट करिब ४ सय मिटर तल खस्दा १ महिला र ४ पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इस्मा ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३३ वर्षीय चिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अक्षामी र ८० वर्षीय सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो । जीपका चालक बुद्ध बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।