तेह्रथुम ८, कात्तिक ।तेह्रथुमको आठराई ५ छातेढुङ्गाको होडामा करेन्ट लागेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । दशैं मनाउन घर आएका सिराहाको शेर गणमा कार्यरत २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजार प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिनुभयो ।
करेन्ट लागेर वेहोस भएका बराईलीलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।