गोरखा ७, कात्तिक । बडा दशैंको सातौँ दिन, आश्विन शुक्ल सप्तमीका अवसरमा आज गोरखाको प्रसिद्ध धार्मिक स्थल कालिका मन्दिरमा फुलपाती भित्र्याइदै छ । फुलपातीको अबसरमा देशभरका विभिन्न शक्तिपीठहरूमा फूलपाती भित्र्याउने दिन, नोबेल कोरोना भाइरसको महामारीका कारण विशेष सावधानी पु¥याएर विधि पु¥याइँदैछ ।
आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतिकका रूपमा उखु, बेसार, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ । नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।