गोरखा २५, असोज । गोरखा नगरपालिका गोरखाले पनि एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपछि नगरपालिकाको कार्यालय र वडा नम्बर ६ को वडा कार्यालय बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तद्धारा हस्ताक्षतिर सूचनामा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
नगरपालिका वडा नं.६ का एक कर्मचारीमा कोरोना संक्रमण भएको र उनको अन्य कर्मचारीहरु संग समेत सम्र्पक रहेकाले संक्रमणको जोखिम न्यनिकरणका लागि कार्यालयबाट प्रदान गरिने अत्याबश्यक बाहेका सेवा बन्द गरिएको सूचनामा उल्लेख छ । वडा नम्बर ६ का संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरुमा रुघा खोकी एवम ज्वरो समेत देखिएको नगरपालिकाले जनाएको छ ।
संक्रमितको सम्र्पकमा रहेका सवै कर्मचारी र जनप्रतिनिधिहरुको कन्टयाक ट्रेसिङ गर्नु गरि स्वांब परीक्षणका लागि पठाउने र त्यसको रिर्पोट प्राप्त नहुदासम्मका लागि यही असोज ३० गतेसम्म नगरपालिका र वडा कार्यालयको सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।
साथै नगरपालिका भित्र कोरोना संक्रमितको संख्या बढ्दै गएकाले नगरबासीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन तथा निस्कनै परे सुरक्षीत भई स्वास्थ्य सुरक्षा अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।