काठमाण्डौ १७, असोज । प्रधानमन्त्रीको सचिवालयमा काम गर्ने ४ जनालाई कोरोना पुष्टि भएको छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको हो ।
शुक्रबार गरिएको पीसीआर परीक्षणमा डा.भट्टराई र भण्डारीलाई कोरोना संक्रमण देखिएको हो। उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुमा कोरोना पुष्टि भएको जानकारी गराएका छन् । संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यहरुमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भए संगै बालुवाटार अन्यौलमा परेको छ ।
प्रधानमन्त्री अोलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई पनि शनिबार नै कोरोना संक्रमणको प’ष्टी भएको छ .