Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता


4.7K
Shares

खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

बाजुरा १६, असोज । बाजुराकोे हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उहाँकी ३ छोरी र १ छोरा रहेका छन् । आज दिउसोँ खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताउनुभयो ।

बेपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उहाँकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोषी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताउनुभएको छ । उनहिरु कसरी डुबेका हुन भन्ने बिषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सो खोलामा हरेक बर्ष ५ /६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन् । बेपत्ता भएकाहरूको अहिले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology