गोरखा १६, असोज । गोरखा डा. नवराज देवकोटा गण्डकी विश्वविद्यालयको उपकुलपतिमा नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा गोरखाका देवकोटाले उहाँलाई बिश्वबिधालयको उपकुलपतिमा नियुक्त गरेको हो ।
उपकुलपति प्रा. डा देवकोटालाई शुक्रबार नै विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ ग्रहण गराउनु भएको छ ।डा देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत छन् । उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ ।