गोरखा ५, असोज । नेपालमा थप १ हजार १ सय ५४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा यो संख्या थपिएको बताउनुभयो ।
योसँगै हालसम्मको जम्मा सङ्क्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ५ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । कोरोनाबाट मृत्यु हुनेको जम्मा हालसम्मको संख्या ४ सय २७ पुगेको छ ।