गोरखा ४, असोज । गोरखाको पालुङटार नगरपालिकामा रहेको उज्वल कृषि सहकारी संस्थाले कृषि मलमा कालो बजारी गरेको पाइएको छ । नगरपालिकाको वडा नम्बर–७ च्याङ्लीमा रहेको उज्वल कृषि सहकारी संस्थाले किसानलाई मल बिक्रि गर्दा चर्को रकम असुल गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्परेसन लिमिटेड नारायणघाटबाट नगरपालिकाले ढुवानी गरेर ल्याइदिएको मल प्रतिबोरा ७ सय ६५ रुपैया परेको मल किसानहरुलाई भने प्रतिबोरा ११ सय रुपैया बिक्रि गरेको हो । उक्त सहकारीबाट सोही वडाका वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ आफै ठगिएका छन् ।
उहाँले समेत उत्त सहकारीबाट मल खरिद गर्दा १ बोरा युरिया मलको ११ सय रुपैया तिर्नुभएको हो । गोरखा नगरपालिका वडा नम्बर–५ ले किसानहरुसंग चर्को मूल्य लिएर मल बिक्रि गरेको घटना सार्वजनिक भएसंगै च्याङलीमा रहेको उज्वल सहकारीको कालो बजारी कर्तुत बाहिर आएको हो । स्थानीय तहले निर्धारण गरेको मूल्यमा सहकारीले मल बिक्रि गर्नुपर्ने भएपनि उक्त सहकारीले आफु खुशी निर्णय गरि किसानलाई मल बिक्रि गरेको सहकारी संस्थाका कोषाध्यक्ष रमेशप्रसाद अधिकारीले स्विकार गर्नुभयो । ‘हामीले ११ सय रुपैया प्रति बोराका दरले बिक्रि गरेको हो, उहाँले भन्नुभयो, सवै खर्च कटाएर बिक्रि गर्दा उत्त मूल्य उपयुक्त हुने भएकाले समितिले निर्णय गरेर बिक्रि गरेका हौ ।’ तर गोरखा जिल्लामा रासायिक मलको मूल्य निर्धारण गर्ने काम स्थानीय तहलाई दिइएको छ ।

सहकारीले महंगो बिक्रि गरेको मलको विल
पालुङटार नगरपालिकाले मलको मूल्य निर्धारण गरेको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको कोषाध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले नगरपालिकाले सहकारीलाई नगरपालिकबाटै गाडी पठाएर मल ल्याइदिएको भने स्विकार गर्नुभएको छ । ‘नगरपालिकाले गाडीभाडामा छुट दिने भएपनि भनेपनि ड्राईभर भत्ता, सहचालक भत्ता, खाजा खर्च खाना खर्च दिएको छ, कोषाध्यक्ष लामिछानेले भन्नुभयो, सहुलियत दिएको छ भन्नुमात्र हो भाडा बराबरको खर्च यता ल्याउदा लादा बराबरको आउदो रहेछ ।’ उक्त सरकारीमा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेल समेत शेयर लगानी रहेको पाइएको छ ।
आफै संलग्न सहकारीलाई नगरपालिकाले ढुवानी अनुदान दिएको र सोही सहकारीले किसानलाई चर्को मूल्यमा मल बिक्रि गर्दा समेत नगरपालिकाले सुने नसुने जस्तो जस्तो गरेको किसानहरुले गनुासो गरेका छन् । यता वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले सहकारीले चर्को मूल्यमा किसानलाई मल बिक्रि गरेको प्रमाण सहित नगर कार्यापालिकाको बैठकमा कुरा उठाएको बताउनुभयो । ‘उपमयेर अुनगमन समितिको संयोजक हो, नगरप्रमुखलाई पनि यसको जानकारी छ, उहाँले भन्नुभयो, मैले त के नै गर्ने होर केही हुदैन, अनुदान लिन्छन् मंहगोमा बेच्छन् ।’ म आफैले पनि मंहगोमा मल खरिद गर्न बाध्य भएको छु ।’ उहाँले भन्नुभयो ।
बढी शुल्क लिइएको पाइए फिर्ता गर्न लगाउछौः नगरप्रमुख कंडेल
पालुङटार नगरपालिकाका प्रमुख ई. दिपकबाबु कंडेलले भने सहकारीले चर्को मूल्यमा बिक्रि गरेको भन्ने गुनासो आफुसम्म आइपुगेको स्विकार गर्नुभयो । ‘नगर कार्यपालिकाको बैठकमै यो कुरा उठेको छ, उहाँले भन्नुभयो, मंहगो भएको पाइए बढी लिएको शुल्क फिर्ता गर्न लगाउछौ ।’ नगरप्रमुख कंडेलले नगरपालिकाले अहिलेसम्म पनि नगरक्षेत्र भित्र मल बिक्रिका लागि मूल्य निर्धारण नगरेको स्विकार गर्नुभयो । ‘नगरपालिकाले समयमा मूल्य निर्धारण नगर्दा पालिका भित्र मलको कालो बजारी बढ्दै गएको छ तर नगरपालिकाको ध्यान त्यस तर्फ पुगेको छैन ।

सहकारीले खरिद गरेर ल्याएको मूल्य
मल बिक्रि तथा ढुवानीका लागि मन्त्रालयले बनाएको निर्देशिका अनुसार जिल्लामा मल ढुवानी तथा बिक्रि गर्दा बिक्रेताले खरिद गरेर ल्याएको स्थानबाट बिक्रिका लागि सम्बन्धित स्थानीय तहसम्म ल्याई पुर्याउदा लाग्ने ढुवानी खर्च तथा लोड अनलोड बाहेक प्रतिकेजी अधिकतम १ रुपैया व्यवस्थापन बापत बढी शुल्क राखेर मात्र बिक्रि गर्न पाउने कार्यबिधि रहेको छ । उहाँले आफु पनि उक्त सहकारीमा शेयर लगानी भएको स्विकार गर्दै निर्णय गर्ने ठाउँमा आफु नरहेको बताउनुभयो । ‘सहकारीको मेम्बर त म हो तर म त्यसको निर्णयकर्ता त होइनन नि, उहाँले भन्नुभयो, ‘मेम्बर नै हुन नपाईने छ भने भन्नु पर्यो ।’
उहाँले आफु त्यही सहकारीको सदस्य भएपनि आफुले पनि त्यही मूल्यमा मल किनेको बताउनुभयो ।’ आफुले अर्को सहकारीले १ हजार ५० सम्ममा बिक्रि गरेकाले त्यतिसम्ममा बिक्रि गर्न हुन्छ भन्ने लागेको उहाँले बताउनुभयो ।
कारवाही हुन्छ : साहायक प्रमुख जिल्ला अधिकारी पाण्डे
गोरखा जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले सहकारीले किसानलाई मल बिक्रिमा कालो बजारी गरेको पाइए कानुन बमोजिम कारवाही गरिने बताउनुभयोे । ‘कसैलाई पनि कालोबजारी गर्न छुट हुदैन मल खरिद र बिक्रिको बास्तबिक अबस्था के हो, छानविन गरि दोसी पाइए कारवाही गछौ ।’ उहाँले भन्नुभयो ।
नगरपालिकाले गाडीमा मल ल्याइएको कुरा थाहा छैन : कृषिशाखा प्रमुख श्रेष्ठ
नगरपालिका कृषि शाखाका प्रमुख छन्दकुमार श्रेष्ठले नगरपालिकाले नगरपालिकाबाट ढुवानी अनुदानको नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, हामीले यो बर्ष कुनै पनि सहकारी संस्थालाई कृषि मलमा ढुवानी अनुदान दिएका छैनौ । उज्वल सहकारीलाई संस्थालाई नगरपालिकाबाट ट्याक्टर पठाएर मल ल्याएको कुरा सहकारीले स्विकार गरिसकेको छ नी भन्ने प्रश्नमा श्रेष्ठले एक पटक पठाएको हो तर यो कुरा मेयर सापलाई सोध्नुस् मलाई थाहा छैन । उहाँले आफु कृषि शाखाको प्रमुख भएपनि यस बारे थाहा नभएको उहाँले दावी गर्नुभयो ।