नवलपरासी २, असोज । पूर्वी नवलपरासीको मध्यबिन्दू नगरपालिका–१५ स्थित नारायणी नदी र अरुणखोला खोला दोभानमा दाउरा टिप्न गएका २ जनालाई नदी बगाएर बेपत्ता बनाएको छ ।
शुक्रबार साँझ दाउरा झिक्न नदीमा पसेका उनिहरुलाई भेलले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा भूपलाल क्षेत्री र उहाँकी १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेको प्रहरीको भनाई छ। उनिहरुको खोजी भईरहेको छ ।
नदीको भेलमै दाउरा झिक्न पसेकी भुपलालकी श्रीमती श्रीमतीको भने उद्धार गरिएको पूर्वी नवलपरासीका डिएसपी मोहन खाँणले जानकारी दिनुभयो