Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गण्डकीका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिए


1.4K
Shares

गण्डकीका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिए

गोरखा २, असोज । गण्डकी प्रदेशको विभिन्न जिल्लामा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश भित्रका नवलपुर, स्याङजा र तनहुँमा गरी थप ११ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो । यो सहित गण्डकी प्रदेशमा संक्रमित हुनेहरुको संख्या ३ हजार २९१ जना पुगेको छ ।

निर्देशनालयले शुक्रबार बिहान ८:१० बजे सूचना जारी गर्दै स्याङजामा १ जना, नवलपुरमा ८ जना र तनहुँमा २ जनामा संक्रमण पुष्टी देखिएको हो । संक्रमितहरुको स्वाब वि।पि।कोइराला स्मृती क्यान्सर अस्पताल चितवन र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेसनमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology