गोरखा ३१, भदौ । गोरखा सदरमुकामको गण्डकी होटलबाट आज बिहानदेखि सम्पर्क बिहिन भएका कोरोना पोजिटिभ देखिएका पुरुष सम्पर्कमा आरुघाटमा सम्र्पकमा पुगेका छन् । पोखराबाट कोरोना पुष्टी भएपछि गोरखा आएका २२ बर्षका संक्रमित पुरुष र उनका २६ बर्षका दाजुलाई सम्पर्कमा ल्याएर आइसोलन र क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ । ।
जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु घर भएका २२ बर्षिय पुरुष भारतीय सेनामा रहेको पुष्टी भएको छ । उनि बिदामा नेपाल आएका थिए । उनि नेपाल आएर दाजुको ठाउँ पोखरामा पुगेको थिए । पोखरामै स्वांब लिएका ति पुरुषमा आज बिहान गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले कोरोना संक्रमणको पुष्टी गरेको थियो । पुष्टी भएलगत्तै उनि दाई संगै मोटरसाइकमा चढेर गोरखा आएका थिए ।
गोरखा आएर गण्डकी होटलमा बसेको भन्ने थाहा पाएपछि खोजी गर्दा उनि त्यहाँबाट भागेका थिए । संक्रमित पुरुषलाई सम्पर्कमा ल्याएर अहिले आरुघाटको भीमेदय माविको आइसोलेसनमा राखिएको छ भने उनका दाजुलाई भने क्वारेन्टिनमा राखिएको छ ।