Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

रुखको हाँगा काट्दै गर्दा नेपाली सेनामा कार्यरत गोरखाका २ जनाको मृत्यु


3.7K
Shares

रुखको हाँगा काट्दै गर्दा नेपाली सेनामा कार्यरत गोरखाका २ जनाको मृत्यु

गोरखा २७, भदौं । रुखको हाँगा काट्ने क्रममा नेपाली सेनामा कार्यरत गोरखा दुई जनाको आज ज्यान गएको छ । ब्यारेकभित्र रहेको विजुलीको तार पन्छ्याएर रुखको हाँगा काट्ने क्रममा करेण्ट लागेर दुईजनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

चितवनस्थित सैनिक ब्यारेकभित्र रुखको हाँगा काट्ने क्रममा उहाँहरुको करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा शक्तिखोरस्थित सिँहनाथ गणमा कार्यरत गोरखाको शहीद लखन गाउँपालिका ६ बतासे घर भएका सुवेदार राजुबाबु श्रेष्ठ र गोरखा नगरपालिका ११ स्थित बाह्रकिलो घर भएका सैनिक जवान साजन कुमालको रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यू भएको भएको थियो भने कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology