पोखरा २५, भदौ । खानेपानी संस्थान पोखराका कर्मचारी २५ हजार घुस सहित पक्राउ परेका छन् । खानेपानी संस्थान पोखरा विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ पर्नुभएको हो ।
वाग्लेलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले बगर ट्याक्सीचोकस्थित आशा मम १ रेष्टुरेन्टबाट सेवाग्राहि याम भटटराइबाट घुस लिदै गर्दा नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीको मिटरमा अस्वभाविक बिल उठेपछि मर्मत गर्नुपर्नेमा उहाँले घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रशासन अन्तर्गत सहायक पदमा कार्यरत वाग्ले करारका कर्मचारी हुन् ।