Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न धारामा लुगा धुन रोक


3.1K
Shares

गोरखामा कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न धारामा लुगा धुन रोक

गोरखा २३, भदौ । गोरखा सदरमुकाममा बिभिन्न ३ वटा टोल सुधार समितिले कोरोना भाइरस (कोभिड १९) सम्भावित संक्रमणको जोखिम न्युनीकरणका लागि भन्दै एक हप्तासम्मका लागि धारामा लुगा धुन रोक लगाएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ६ स्थित छहरे टोल बिकास संस्था, चन्देनी टोल बिकास संस्था र गैराबारी टोल बिकास संस्थाको संयुक्त बैठकले छहरे धारामा मंगलबारदेखि भदौ २९ गतेसम्म लुगा रोक लगाउने निर्णय गरेको छहरे टोल बिकास संस्थाका अध्यक्ष भक्तराम रानाले जानकारी दिनुभयो ।

टोल बिकास संस्थाहरुको बैठकले छहरे टोलमा रहेको धारामा पानी भर्नका लागि जाँदा अनिबार्य रुपमा मास्क लगाएर मात्र जानु पर्ने तथा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड भित्र रहेर भौतिक दुरी कायम गरि पानी भर्नका लागि आउजाउ गर्न पाउने निर्णय गरेको उहाँको भनाई छ । त्यस्तै टोल भित्र होटलमा बसेर धुम्रपान तथा मध्यपान गर्न समेत टोल सुधार समितिले रोक लगाएको छ ।

त्यस्तै जिल्ला भन्दा बाहिरबाट आउने जो केही टोल भित्र आउदा अनिबार्य क्वारेन्टिनमा बस्नुपर्ने ३ वटा टोल सुधार समितिको संयुक्त बैठकले निर्णय गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology