Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बिरगन्जमा थप एक कोरोना संक्रमितको मत्यु


1.1K
Shares

बिरगन्जमा थप एक कोरोना संक्रमितको मत्यु

बिरगन्ज २३ भदौ ।  वीरगञ्जमा कोरोना सङ्क्रमित थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार गराइरहनु भएका महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

साउन १४ सङ्क्रमण पुष्टि भएपछि उहाँ अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको थियो । ती पुरुषमा कोरोना सङ्क्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ ।

हिजो मात्रै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology