Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बोर्लाङका कोरोना संक्रमित पुरुषलाई आइसोलेसनमा पठाइयो, १० जनाको कन्ट्रयाक्ट ट्रेसिङ


3.1K
Shares

बोर्लाङका कोरोना संक्रमित पुरुषलाई आइसोलेसनमा पठाइयो, १० जनाको कन्ट्रयाक्ट ट्रेसिङ

गोरखा २२, भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटी बजारका ४२ बर्षिय कोरोना संक्रमित पुरुषलाई उपचारका लागि आइसोलेसनमा पठाइएको छ । उनलाई सोमबार गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनाल सहितको स्वास्थ्यकर्मीको टोली पुगेर एम्बुलेन्स मार्फत आइसोलेसनमा पठाइएको हो ।

संक्रमित व्यक्तिलाई गोरखा सदरमुकाम स्थित गोरखा क्याम्पसको आइसोलेसनमा पठाइएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । यसै बिच वडा कार्यालयले संक्रमित पुरुषको सम्पर्कमा रहेका १० जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरेको जनस्वास्थ्यकर्मी प्रितम श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितको परिवारका सदस्य सहितको उनको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको र केहीदिन पछि उनिहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology