गोरखा २०, भदौं । कोरोनाको शकास्पद एक बिरामीको मृत्यु भएपछि गोरखा गोरखा अस्पतालको इर्मजेन्सी कक्ष शनिबार आकस्मिक रुपमा सिल गरिएको छ ।गोरखा नगरपालिका ७ की ७५ बर्षिया बृद्वाको मृत्यु भएपछि शुक्रबार अबेर अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो ।
गोरखा अस्पतालले एक सूचना जारी गर्दै गोरखा नगरपालिका ७ निवासी ७५ बर्षिया महिला अचेत अवस्थामा गोरखा अस्पतालको इर्मजेन्सीमा आउनुभएकोमा उपचारका क्रममा मृत्यु भएको र निजको कन्ट्याक ट्रेसिङको क्रममा स्वांब लिइएकाले अस्पतालको आकस्मिक कक्ष सिल गर्नुपरेको अस्पतालले जनाएको छ ।
मृतक महिलको पिसिआर रिपोर्ट नआएका कारण रिपोर्ट नआउदासम्मक लागि इर्मजेन्सी सेवा बन्द गरिएको छ’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।मृत्यु हुने महिलालाई केही दिन अगाडी मात्र चितवनमा उपचार गरेर घर ल्याईएको थियो । उहाँ मस्तिक घात भएको गोरखा अस्पतालले जनाएको छ ।
चितवनबाट फर्किए लगत्तै उहाँको परिवारमा गरिएको पिसिआर परिक्षणमा २ छोरा र १ बुहारीलाई हिजो (शुक्रबार) मात्रै कोरोना संक्रमण देखिएको थियो । सोही आधारमा उहाँमा पनि कोरोना संक्रमण हुन सक्ने भन्दै अस्पतालले रिपोर्ट नआउदासम्म इर्मजेन्सी सेवा बन्द गराएको हो ।
बन्दका कारण सेवाग्राहीमा पर्न जाने असुविधा प्रति अस्पताल परिवार क्षमा मागेको छ । यदी अत्यावश्यक सेवा चाहिएको खण्डमा ०६४–४२०२०८, ९८५६०४०२२५ वा ९८४६०२९३३५ मा सम्र्पक गर्न समेत अस्पताल प्रशासनले अनुरोध गरेको छ ।