Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा नगरपालिकाका १८ संक्रमितलाई क्याम्पसको आइसोलेसनमा लैजाने तयारी, दुईजना होम आइसोलेसनमा


2.7K
Shares

गोरखा नगरपालिकाका १८ संक्रमितलाई क्याम्पसको आइसोलेसनमा लैजाने तयारी, दुईजना होम आइसोलेसनमा

गोरखा २० ,भदौं ।  गोरखा नगरपालिका भित्र शुक्रबार कोरोना संक्रमण पुष्टी भएकाहरुलाई आज आइसोलेसनमा लगिने भएको छ । नगरपालिकाको वडा नम्बर १३ मा संक्रमण पुष्टी भएका १४ जना, वडा नम्बर ८ मा संक्रमण पुष्टी भएका १ जना र वडा नम्बर ७ का संक्रमण पुष्टी भएका ३ जनालाई आइसोलेसनमा लैजाने तयारी भएको नगरपालिका जनस्वास्थ्य अधिकृत निश्चल अर्यालले जानकारी दिनुभयो ।

संक्रमितहरुलाई आइसोलेसनमा लैजान एम्बुलेन्स, स्वास्थ्यकर्मीहरुका लागि आबश्यक सुरक्षा सामाग्री तयारी गरिरहेका छौ, उहाँले भन्नुभयो, आज बेलुकीसम्ममा संक्रमित सवैलाई आइसोलेसनमा पुर्याउने गरि तयारी भइरहेको छ । नगरपालिका संक्रमित मध्ये २ जना गोरखा नगरपालिका वडा नम्बर ६ का संक्रमित व्यक्तिहरु होम आइसोलेसनमा बसेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology