गोरखा १९ भदौं । गोरखामा शुक्रबार पछिल्लो पटक कोरोना पुष्टी भएका ६ मध्ये १ जना होटलको क्वारेन्टिनमा बसेको व्यक्ति भएको पुष्टी भएको छ । गोरखा नगरपालिका ८ का २३ बर्षका पुरुष सदरमुकाम स्थित होटल सत्यममा क्वारेन्टिनमा बसेको पुष्टी भएको हो ।
ती व्यक्ति केही दिन अघिमात्र चितवनबाट फर्किएर घरमा बसेको उनि सुमदाय स्तरमै बिरोध भएपनि होटलमा क्वारेन्टिनमा बस्न आएका थिए । उनि अध्ययनका शिलसिलामा चितवन बसेका रहेका थिए । चितवनबाट फर्किएर ति पुरुष २ दिनसम्म घरमै बसेका थिए ।
पछिल्लो पटक पुष्टी भएका ६ मध्ये वडा नम्बर ६ का ३५ बर्ष महिला र ४ बर्षकी बालिका तथा वडा नम्बर ७ का ५३ बर्षका पूरुष ५१ बर्षका महिला ३५ बर्षका पुरुष रहेको गोरखा नगरपालिकाका जनस्वास्थ्य अधिकृत निश्चल अर्यालले जानकारी दिनुभयो ।
संक्रमित सवैलाई गोरखा क्याम्पसको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।