Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा अवैध नदिजन्य पदार्थ ओसारपसार गर्ने ११ सवारी साधान कारवाहीमा


6K
Shares

गोरखामा अवैध नदिजन्य पदार्थ ओसारपसार गर्ने ११ सवारी साधान कारवाहीमा

गोरखा १९, भदौं । अवैध नदिजन्य पदार्थ ओसारपसार गर्ने ११ सवारी साधान कारवाहीमा परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले ओसारपसारमा संलग्न ११ सवारी साधानलाई नियन्त्रणमा लिएर कारवाहीका लागि गोरखा नगरपालिका पठाएको हो ।

अवैध नदिजन्य पदार्थ ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा साउन ५ गते देखी आज ९शुक्रबार० सम्म ११ सवारी साधनलाई नियन्त्रणमा लिएर गोरखा नगरपालिकामा कारवाहीको लागि पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङ जानकारी दिनुभयो ।

‘अहिलेसम्म हामीले गोरखा नगरपालिका ११ को बाह्रकिलो भन्ने स्थानबाट अबैध बालुवा सहित उत्खनन गरिएको सामाग्री र त्यस्ता पदार्थ ढुवानी गर्ने ११ वटा सवारीलाई नियन्त्रणमा लिएर कारवाहीका लागि पठाइएको छ ।’ एसपी गुरुङले भन्नुभयो । प्रहरीले नियन्त्रणमा लिएका ११ ट्याक्टरलाई कारवाही गरेर गोरखा नगरपालिकाले २ लाख १ हजार जरिबाना गरेर छाडेको छ ।

नगरपालिकाको राजश्व शाखाका अनुसार १० वटा ट्याक्टर २० हजारका दरले जरिबाना गरिएको र एउटा ट्याक्टरमा भने नगन्य मात्रामा मात्र नदीजन्य पदार्थ भएका कारण १ हजार जरिवाना गरिएको जानकारी दिएको छ । कारवाहीमा परेको सबै ट्याक्टरलाई अब आईन्दा त्यस्तो कार्य नगर्ने शर्तमा छाडीएको नगरपालिकाको राजश्व शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology