Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि


1.1K
Shares

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

गोरखा १९ भदौं ।  गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जना गरी ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology