गोरखा १९, भदौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ मा पर्ने पाँचखुवा देउराली बजार सिल गरिएको छ । त्यसक्षेत्रका ४० जनाको स्वांब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएकाले उनिहरुको रिर्पोट प्राप्त नहुदासम्म बिहिबारदेखि बजार क्षेत्र सिल गरिएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिका प्रवेश गर्ने मुख्या नाकामा पर्ने पाँचखुवा देउरालीमा त्यस क्षेत्रका व्यापारी, सवारी चालक तथा मजदुरहरुको कोरोना परीक्षण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।