Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बाग्लुङमा पहिरोमा परी मृत्यु हुनेको सख्या १२ पुग्यो, अझै ४२ जना बेपत्ता


2.3K
Shares

बाग्लुङमा पहिरोमा परी मृत्यु हुनेको सख्या १२ पुग्यो, अझै ४२ जना बेपत्ता

बाग्लुङ १८, भदौं । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गए राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीका कारण ४२ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ ।

बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष पुगेपछि तेब्बर बढी संख्यामा मानिस बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । राती करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको छ । मृतकमध्ये पाँच जना पुरुष र एक बालिका सहित ८ जना महिला छन् ।

जसमा एक महिलाको भने सनाखत भएको छ । यसैबिच बाढी प्रभावित क्षेत्र ढोरपाटन नगरपालिकामा राहत सहित हिँड्नुभएका गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली बीच बाटोबाटै फिर्ता भएको छ । भुजीखोलामा बाढीले पु¥याएको क्षतिबारे स्थलगत जानकारी लिन नेपाली सेनाको हेलिकप्टर मार्फत उडेका गृहमन्त्री थापा मौमस खराबी पछि स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology