Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु


1.4K
Shares

मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

सिराह १७, भदौ । सिरहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुबै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

सदरमुकाम सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० र चोहर्वाबाट सिरहातर्फ आउँदैै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षका दीपककुमार पञ्जियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षका सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते पञ्जियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारका लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology