आँबुखैरेनी, १७ भदौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–३, तल्लोबजार स्थित शिवालय मन्दिर नजिक १२ बेडको आईसोलेशन कक्ष निर्माण गरिने भएको छ । आँबुखैरेनी गाउँपालिका, शिवमन्दिर संरक्षण समिति, मनकामना चोकटोल सुधार समिति, स्थानीय समाजसेवी तथा सरोकारवालाहरुको संयुक्त बैठकले शिवालय मन्दिर नजिक रहेको भवनमा १२ बेडको आईसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको हो ।
विश्वभर द्रुतगतीमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण दिनानुदिन बढ्दै गएको र आँबुखैरेनीबासीहरुलाई कोरोना संक्रमण देखिए अन्यत्रको आईसोलेशनमा नपठाई आफ्नै क्षेत्रको आईसोलेशन कक्षमा तुरुन्तै लैजान सकिने र संक्रमितले उपचार समेत छिटै प्राप्त गर्ने भएकोले आईसोलेशन कक्ष निमार्ण गरिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले जानकारी दिनुभयो ।
साथै, कोरोना संक्रमितलाई सहज र पारिवारिक वातारण महशुस गराउन निमाण गर्न लागिएको आईसोलेशन कक्षले महत्वपूर्ण सहयोग पु¥याउने थापाको भनाई रहेको छ ।