कास्की १७, भदौ । गण्डकी प्रदेशकामा थप ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार जारी बिज्ञप्तमिा कास्कीमा २३, पूर्वी नवलपरासीमा ७, लम्जुङ ४ र तनहुँमा १ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको निर्देशनालयले बिहान साढे ९ बजे जारी गरेको सूचनामा उल्लेख छ ।
निर्देशनालयको अनुसार लम्जुङको सुन्दरबजार–९ का १ जना पुरुष र २ जना महिला तथा वडा नं। २ का एक जना पुरुष संक्रमित भेटिएका छन् । तनहुँको शुक्लागण्डकी–१ मा एक जना २६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।