Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कोरोना संक्रमित गोरखा छेवेटारकी गर्भवती महिलाले जन्माइन जुम्ल्याहा बच्चा


5.4K
Shares

कोरोना संक्रमित गोरखा छेवेटारकी गर्भवती महिलाले जन्माइन जुम्ल्याहा बच्चा

गोरखा १२, भदौ । गोरखा नगरपालिका–१० छेवेटारकी कोरोना संक्रमित गर्भवती महिलाले जुम्ल्याहा बच्चा जन्माउनु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत २९ बर्षिय कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट आज (शुक्रबार) जुम्ल्याहा बच्चालाई जन्म दिनु भएको हो ।

सुत्केरी गराउन भदौं ८ गते अस्पताल भर्ना हुनुभएकी महिलामा पिसिआर परीक्षण गर्दा यही भर्दौ १० गते कोरोना पुष्टी भएको थियो । संक्रमित आमा र नवजात दुवै शिशुको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अहिले बच्चाहरुलाई कोरोना संक्रमणबाट जोगाउन शिशु र आमालाई अस्पतालको फरक फरक कक्षमा राखिएको छ । आमामा कोरोनाको रिर्पोट आएपछि मात्र शिशु र आमा बिच सम्पर्क गराइने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology