Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

नेकपाका नेता सापकोटाको पहलमा पोखरामा निुशल्क फुड सेन्टर सञ्चालन


3.4K
Shares

नेकपाका नेता सापकोटाको पहलमा पोखरामा निुशल्क फुड सेन्टर सञ्चालन

पोखरा १०, भदौं ।  कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण जारी बन्दाबन्दीले गर्दा समस्यामा पर्दै आएकाहरुका लागि पोखरामा फुड सेन्टर सञ्चालनमा आएको छ । नेकपाका नेता शितिज सापकोटाको समन्वय र सहिद बेपत्ता स्मृति स्पोर्ट्स स्कूलको सहकार्यमा पोखराको गणतन्त्रिक चोकमा फुड सेन्टर संचालन ल्याइएको हो ।

‘बिशेष गरि दैनिक ज्याला मजदुरी गरेर खाने, र बन्दाबन्दीका कारण दैनिक बिहान बेलुका छाक टार्न गाह्रो परिरहेकाहरुका लागि लक्षित गरेर फुड सेन्टर सञ्चालन गरिएको हो अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्वयू) केन्दीय सदस्य सापकोटाको भन्नुभयो, ‘ फुड सेन्टरमा खाद्यान्न हुनेले दिएर जाने तथा नहुनेले लिएर जान्छन् ।’

उहाँले राहत बितरण प्रचारका लागि नभई योगदानको निमित्त हुनुपर्ने भन्दै जो कोहिलाई पनि भोकै बस्न पर्ने अवस्था आउन नदिन फुड सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । फुड सेन्टरमा नुन, तेल, चिनि, दाल, चामल, लगायत खद्यान्नहरु राखिएको छ । यो अभियान अबको १ हप्तासम्म पोखराको विभिन्न ठाउँमा चल्ने जनाएको छ । फुडसेन्टरमा मास्क समेतको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology