Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पहिरोमा पुरिएर एक जनाको मृत्यु


1.3K
Shares

पहिरोमा पुरिएर एक जनाको मृत्यु

बाग्लुङ ९, भदौं । बागलुङको अर्नाकोटमा अविरल वर्षापछि आज बिहान खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकोटमा खसेको पहिरोले १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले थाहा पाएर पहिरो पन्छाउन जाँदा उनको सुतेकै स्थानमा मृत्यु भइसकेको थियो । मृतकका बाबु विदेशमा छन् । अन्य परिवारका सदस्य भएनभएको अहिलेसम्म खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology