Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा दोस्रो चरणको निषेधाज्ञा आजदेखि सुरु, उल्लंघन गर्ने माथि प्रहरीको कडा निगरानी


4.3K
Shares

गोरखामा दोस्रो चरणको निषेधाज्ञा आजदेखि सुरु, उल्लंघन गर्ने माथि प्रहरीको कडा निगरानी

गोरखा ८, भदौं ।  कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गोरखा जिल्लामा दोस्रो चरणको निषेधाज्ञा आजदेखि सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टले आजदेखि लागुहुने गरी थप ७ दिनका लागि निषेधाज्ञा जारी गरेको हो । कमाण्ड पोष्टको यो निर्णय संगै गएराती १२ बजेदेखि भाद्र १४ गते राती १२ बजेसम्मलाई जिल्ला भर निषेधाज्ञा लागु भएको हो ।

दोस्रो चरणको निषेधाज्ञामा पनि पहिलो चरणको जस्तै अत्यावश्यकिय प्रयोजनमा प्रयोग भएका बाहेक सार्वजानिक र निजी सवै प्रकारको सवारी सञ्चालनमा रोक लगाईएको छ । त्यस्तै गरी कमाण्ड पोष्टको उत्त निर्णय संगै सरकारी कार्यालय, स्थानिय तह, सार्वजानिक संस्थान, सामाजिक सेवाका संघ संस्थाहरु, बैंक तथा बित्तिय संस्था लगायतले अत्यावश्यकिय सेवा बाहेकका सेवाहरु पूर्ण रुपमा बन्द गनुपर्ने छ भने खाद्यान्न, औषधी र पेट्रोलिय पदार्थ बाहेकका सबै पसलहरु बन्द रहनेछन् ।

यसै बिच जिल्लामा निषेधाज्ञाका बेला सवारी सवारी सञ्चालन भएको पाइएपछि चेक जाँचमा कडाई गरिएको छ । त्यस्तै अत्याबश्यक बाहेक पसलहरु सञ्चालन गर्नेलाई पनि प्रहरीले पक्राउ गरि कारवाही गर्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology