Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सिन्धुपाल्चोकको जुगलमा पहिरोमा परी बेपत्ता भएका २७ जना खोजी जारी


1.9K
Shares

सिन्धुपाल्चोकको जुगलमा पहिरोमा परी बेपत्ता भएका २७ जना खोजी जारी

सिन्धुपाल्चोक ३१, साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परि बेपत्ता भएका २७ जनाको खोजी कार्य जारी छ । बेपत्ता भएकाहरुले आज बिहानैदेखि खोजी कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

नेपाली सेना, प्रहरी र स्थानीयबासीले पहिरोमा पुरिएकाको खोजी गरिरहेको उहाँको भनाई छ । पहिरोमा परि मृत्यु भएका ११ जनाको भने सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष २ जना, महिला ४ जना र बालबालिका ५ जना छन् ।

मृत्यु हुनेमा प्रिती दोङ, धन माया दोङ, टीका माया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, र रिमेक्स दोङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology