Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत थप ३ जना कोरोना संक्रमितलाई निको


3K
Shares

गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत थप ३ जना कोरोना संक्रमितलाई निको

गोरखा ३१, साउन ।  गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत थप ३ जना कोरोना संक्रमित शुक्रबार निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कनेहरुमा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ६ का ३५ बर्षिय पुरुष, वडा न्मब ८ का २४ बर्षिय पुरुष र वडा नम्बर ९ की ३९ बर्षिय महिला रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनिहरुको रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा रहने गरि सवैलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । गोरखा जिल्लामा अब ३ जना मात्र कोरोना संक्रमित बिरामी उपचारका क्रममा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology