गोरखा ३०, साउन । मृगौला पिडित ११ बर्षिय बालक सन्दिप अधिकारीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । जापानमा रहेका गोरखा पालुङ्टारका सुनिल देवकोटाको अगुवाईमा सामाजिक सन्जालबाट आर्थिक संकलन गरेर नेपाल पठाएको ६६ हजार ९ सय ७४ रुपैयाँ पिडित बालकलाई बिहिबार हस्तान्तरण गरिएको हो ।
अभियान्ता देवकोटामार्फत बिना सापकोटाले जापानबाट नै ५००० खातामा जम्मा गरेको जानकारी दिदै अभियानबाट ७१९७४ रुपैयाँ उठेको जानकारी दिनुभयो। एक कार्यक्रममाबिच उक्त रकम सामाजिक पत्र डटकमका प्रकाशक तथा प्रधान सम्पादक विकास भट्टराईले विरामीलाई हस्तान्तरण सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण गर्दै पत्रकार भट्टराईले विदेशमा गएर श्रम गरेर जम्मा गरेको पैसा पठाएर उपचारमा सहयोग गर्नु जस्तो महान काम अरु केही नभएको भन्दै सहयोगी मनहरुलाई धन्यवाद दिएका छन्। हाम्रो सानो सहयोगले कसैले जीवन पाउछ भने किन नगर्ने भनेर यो अभियान सन्चालन गरिएको र सबै साथीहरुले अभियान सफल बनाउन साथ दिएको साथै यस्ता अभियानमा सबैसँग सँगै हातेमालो गर्ने अभियान्ता देवकोटाले बताउनुभयो ।
उहाँले सिटि एक्प्रेसले निसुल्क सेवा दिएको जानकारी गराउदै सबै सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन्।दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला पिडित अधिकारीको उपचार पाटन हस्पिटलमा भई रहेको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेको हुदा उपचारमा समस्या हुदै आएको विरामीका दिदि स्मृता अधिकारीले बताउनुभयो
दुवै मृगौला छिटो भन्दा छिटो प्रत्यारोपण गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । मृगौला प्रत्यारोपण गर्न ३०÷४० लाख लाग्ने रहेछ पैसा कै कारणले उपचार गर्न सकिएको छैन अधिकारीले बताउनुभयो ।