Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

हाईड्रोपावरमा कार्यरत गोरखाका एक युवकको शव फेला


3K
Shares

हाईड्रोपावरमा कार्यरत गोरखाका एक युवकको शव फेला

गोरखा ३०, साउन । गोरखाको पालुङटार नगरपालिकाका एक युवकको मृत अबस्थामा फेला परेका छन् । कास्कीको मादी गाउँपालिका–२ सेती खोला स्थित नामार्जुन हाईड्रोपावरमा सिभिल इन्जिनियर पदमा कार्यरत अमित पन्तको आज शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।

अन्दाजी ३६ बर्षका पन्त बिहिबार (हिजो) साँझ पौने ९ बजेतिर खाजा खान भनि निस्किएका पन्त नफर्किएपछि खोजी सुरु भएको थियो ।

उनको मादी गाउँपालिका–२ क्युरोखोलामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology