Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको लक्ष्मी बजारमा समुदायस्तरमा थप १ जनाका कोरोना संक्रमण


3.7K
Shares

गोरखाको लक्ष्मी बजारमा समुदायस्तरमा थप १ जनाका कोरोना संक्रमण

गोरखा २७, साउन । दोस्रो चरणको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको गोरखा नगरपालिका ९ लक्ष्मीबजारका क्षेत्रमा थप १ जनामा समुदाय स्तरमा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रिय स्वास्थ्य निर्देशनालय टेकुमा भएको कोरोना परीक्षणका क्रममा लक्ष्मीबजारका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको गोरखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

२४ बर्षिय महिलामा संक्रमणको पुष्टी भएपछि उहाँको सम्र्पकमा आएका व्यक्तिहरुको कोरोना परीक्षणका क्रममा थप ३ जनामा संक्रमणको पुष्टी भएपछि त्यहाँ दोस्रो चरणमा कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो । दोस्रो चरणमा गरिएको कन्ट्रयाक्ट ट्रेसिङमा पनि अर्का एक पुरुषमा संक्रमणको पुष्टी भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।

यो संगै लक्ष्मी बजार क्षेत्रमा थप समुदाय स्तरमा ४ जनामा कोरोना सरेको पुष्टी भएको छ । नगरपालिकाका अनुसार स्वाब संकलन गरि पठाइएको मध्ये अझै ७ जनाको भने रिर्पोट आउन बाँकी रहेको उहाँको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology