Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कोरोनाको त्रासका कारण गोरखाको आरुघाट बजार अनिश्चितकालिन बन्द


1.6K
Shares

कोरोनाको त्रासका कारण गोरखाको आरुघाट बजार अनिश्चितकालिन बन्द

गोरखा २३, साउन । गोरखाको आरुघाट बजार अनिश्चित कालका लागि बन्द गरिएको छ । भारतबाट घर बिदामा आएका १ जना पुरुषमा कोरोना संक्रमण देखिए संगै आरुघाट बजार अनिश्चित कालकालागि बन्द गएिको हो ।

आज आरुघाट गाउँपालिका ९ को वडा कार्यालयमा भएको सर्व पक्षिय भेलाले कोरोना संक्रमितको परिवार र सम्र्पकमा रहेकाहरुको स्वाबको रिर्पोट नआउदा सम्म बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको आरुघाट बजारका ब्यापारी तथा सामुदायिक सेवा केन्द्र गोरखाका सदस्य बसन्तकुमार श्रेष्ठले टेलिफोन मार्फत जानकारी दिनुभयो ।

आरुघाट गाउँपालिका ९ आरुघाट बजार घर भई भारतीय सेनामा जागिरे भएका ४६ बर्षिय पुरुष घर बिदामा साउन १७ आरुघाट आएर २ दिन घरमा बसेर साउन १९ गते बिहानबाट पालिकाले निर्माण गरेको भिमोदय क्याम्पसमा रहेको क्वारेन्टाइनमा बस्दै गर्दा साउन २२ गते मात्र उनलाई कोरोना भएको पुष्टी भएको थियो ।

उनी घरमा बस्दा स्थानिय स्तरमा कोरोना संक्रमण भएको हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयले उनको सम्पर्कमा आएका र परिवारको स्वाब संकलन गरि परिक्षणका लागि पठाएको छ । स्वाबको सबै रिर्पोट नआउदा सम्म आरुघाट बजार बन्द हुने ब्यापारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology