गोरखा १४, साउन- पहिरोबाट ज्यान गुमाएकी गोरखाको गण्डकी गाउँपालिका–४ कौदीकी लक्ष्मी गुरुङको परिवारलाई २ लाख ५० हजार रुपैया राहात उपलब्ध गराइएको छ । गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा आफै मृतकको घरमै पुगेर परिवारलाई राहत रकम उपलब्ध गराउनु भएको हो ।
संघिय गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय गोरखाबाट उपलब्ध गराइएको २ लाख रुपैया र गण्डकी प्रदेश सरकारबाट तर्फबाट ५० हजार रुपैया मृतक गुरुङ्गकी श्रीमान निर्मल गुरुङ्गलाई हस्तारण गरिएको मन्त्री थापामगरले जानकारी दिनुभयो ।
मन्त्री थापामगर मृतक गुरुङको श्रदाञ्जली. कार्यक्रममा सहभागी भएर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । यहीँ साउन ५ गते परेको अबिरल बर्षापछि आएको पहिरोले घर नजिकैको गोठ भत्किदा पुरिएर उहाँको मृत्यु भएको थियो ।