Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

ऐन अनुसार बजेट ल्याएका गोरखाका ३ स्थानीय तहलाई सामान्य प्रसासनले बजेट ल्याएन भनेपछि……


2.5K
Shares

ऐन अनुसार बजेट ल्याएका गोरखाका ३ स्थानीय तहलाई सामान्य प्रसासनले बजेट ल्याएन भनेपछि……

गोरखा १३, साउन ।  असार १० गते भित्र गाउँपालिका गरेका गोरखाका ३ स्थानीय तहहरुको गाउँ सभा नगरेको भन्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अध्याबधिक गरेपछि बिबाद सुरु भएको छ । मन्त्रालयले आज आफ्नो वेबसाइट मार्फत गरिएको अध्याबधिकका क्रममा गाउँसभा गरेका गोरखा बारपाक सुलिकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकाले गाउँ सभा नगरेको उल्लेख गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार पालिकाले असार १० गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ ।

चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भिमसेनथापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले बजेट ल्याउन नसकेको जनाएको छ । तर मन्त्रालयको तथ्याङ्क अनुसार गोरखाको गण्डकी गाउँपालिका बाहेक सबै पालिकाले समयमा नै बजेट ल्याएका थिए । तथ्याङ्कमा भनिए जस्तो गोरखा नगरपालिकाले असार १० गते नै आर्थिक ऐन र विनियोजन ऐन ल्याएर पास गरेको र सभा केही दिनका लागि स्थगित गरि असार ३१ गते बजेट ल्याएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताउनुभयो ।

‘ऐनमा ब्यवस्था भए बमोजिम हामीले १० गते बजेट ल्याएर केही दिन स्थगित गरेर ३१ गते पास गरेका छौ, मन्त्रालयको कहीकतै कमजोरी होला, हामी अध्ययन गर्छौ ’ मेयर पन्तले भन्नुभयो । यता बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकाले पनि असार १० गते नै बजेट ल्याएर सञ्चार माध्याम मार्फत सार्वजनिक गरिसकेको छ । ‘ ‘हामीले असार १० गते नै बजेट सार्वजनिक गरेर मन्त्रालयमा जानकारी गराएका छौ, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विण्णु भट्टले भन्नुभयो, ‘इन्टरनेटको समस्याले मन्त्रालयमा सोही दिन पुगेन होला तर पनि समय सिमा नघाएका छैनौ ।’

असार १० गते नै बजेट सार्वजनिक गरेका भीमसेन थापा गाउँपालिकाले पनि मन्त्रालयले आज गरेको अध्यावधिक तथ्याङ्क गलत भएको जनाएको छ । नियम अनुसार असार १० गते ल्याउनु पर्ने बजेट ल्याएर सञ्चारमाध्याममा सार्वजनिक पनि सार्वजनिक गरिएको उहाँले बताउनुभयो । । अहिले हाम्रो पालिकाले समयमा बजेट ल्याएन भनेर तथ्याङ्क सार्वजनिक हुनु हास्याँस्पद भएको अध्यक्ष ईश्वर पाण्डेले बताउनुभयो । गोरखामा रहेको ११ पालिका मध्ये समयमा नै बजेट ल्याउन नसक्ने गण्डकी गाउँपालिका मात्र रहेको छ । गण्डकीको केन्द्र विवादका कारण समयमा बजेट ल्याउन नसकेको अध्यक्ष होमबहादुर थापाले स्विकार गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology