Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा लडेको बेला हाँस्दा गाली गरेपछि ७२ बर्षिय बृद्धाको ढुङगा प्रहार गरि हत्या


6.4K
Shares

गोरखामा लडेको बेला हाँस्दा गाली गरेपछि ७२ बर्षिय बृद्धाको ढुङगा प्रहार गरि हत्या

गोरखा १२, साउन । गोरखा मनकामनाकी ७२ बर्षिया कृष्णकुमारी आलेको हत्या गरेको आरोपमा पक्राउ परेका १७ बर्षिय युवकले आफुले हत्या गरेको स्विकार गरेका छन् । प्रहरीसंगको प्रारम्भिक बयानका क्रममा युवकले आवेगमा आएर आफुले ढुङगाले हानेर बृद्धाको हत्या गरेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यालयमा सोमबार (आज) दिउँसो पत्रकार सम्मेलनको आयोजना गरि युवकले पछाडीबाट ढुङगाले हानेर बृद्धाको हत्या गरेको स्विकार गरेको उहाँले बताउनुभयो । ‘पाडा चराउन गएका बेला गोडामा हिलो लागेपछि आरोपित युवक खाल्टोपानी खोलामा धुन गएको र त्यही बेल खेतमा पानी लगाउन खोलामा पुगेकी आले एक्कासी चिप्लिएर लडेपछि युवक हाँसेको र बृद्धाले बढी मान्छे लडद पनि हास्छस भनेर गाली गर्दा एक्कासी आवेगमा आफुले ढुङगाले हानी हत्या गरेको स्विकार गरेका छन् ।’ एसपी गुरुङले भन्नुभयो ।

युवकले बृद्धा लडेपछि उठाउन जाँदा समेत हट भनि गाली गरेपछि रिस उठेर हातखुट्टा धुन लागेका बेला पछाडीबाट ढुङगाले हानेको बताएको उहाँको भनाई छ । ‘ढुङगाले हानेपछि बृद्धा भुईमा ढलेको र ढली सकेपछि पनि पुनः २ पटक ढुङगाले हानी म¥यो भनेर १० मिटर पर कसैले नदेख्ने गरि छोडेर घरमा गई लुगा फेरेर आँबुखैरेनी तिर लागेको उनले प्रारम्भिक बयानमा बताएका छन् ।’ एसपी गुरुङले भन्नुभयो । हत्याको आंशकमा फरार युवकको खोजी गर्र्दा लुकीछिपी हिडिरहेको अबस्थामा शहिद लखन गाउँपालिका वडा नम्बर १ को बनौतीबाट उनलाई हिजो पक्राउ गरिएको उहाँको भनाई छ ।

आरोपित युवकले अपराधिक मानसिकताबाट नभई आवेगमा आएर हत्या गरेको पाइएको एसपी गुरुङले जानकारी दिनुभयो । ‘हत्या गरिएकी महिला वा उहाँको परिवार कसैसंग पनि आरोपित युवकको रिस भएको पाइएको छैन, उहाँले भन्नुभयो, मानसिक रुपमा अलि एकोहोरो स्वभावका उनि सामान्य जिस्क्याएको बिषयमा आवेगमा ढुङगा प्रहार गरि हत्या गरेको पाइन्छ ।’ पक्राउ परेका युवकलाई जिल्ला अदातल गोरखाबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको एसपी गुरुङले जानकारी दिनुभयो ।

उनि बिरुद्ध कतव्र्य ज्यान मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ । बुधबार बिहान खेतमा पानी लगाउन गएकी आलेको हटियाँ भन्ने स्थानमा शुक्रबार फेला परेको थियो टाउको पछाडी भागमा गहिरो चोट देखिएको उहाँलाई हत्या गरी फालिएको अनुमानमा प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology